सल्यानमा ट्रकले किचेर ३ वर्षीय बालकको मृत्यु



सल्यान । सल्यानमा ट्रकले किचेर एक बालकको मृत्यु भएको छ । शारदा नगरपालिका-१ श्रीनगर बजारमा लु १ ख ९२५९ नम्बरको ट्रकले किचेर केशरबहादुर भण्डारीका तीन वर्षीय छोरा कृतिक भण्डारीको मृत्यु भएको हो ।

घरमै पार्किङ गरिराखेको ट्रकमा सामान लोड गर्ने भनी चालक चुडामणि बस्नेतले ट्रक चलाएर अगाडि बढाउने क्रममा एक्कासी ट्रकतर्फ आउँदै गरेका बालक कृतिकलाई पछाडिको टायरले च्यापेको थियो ।

टायरले च्यापेर गम्भीर घाइते भएका बालक भण्डारीको स्थानीय परोपकार अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । चालक बस्नेतसहित ट्रक नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्