नेकपाभित्रका गुट र तिनमा अडिएका नेता



काठमाडाै‌ं : नेकपाभित्र दृश्य÷अदृश्य रूपमा ६ नेता वरिपरिका गुट सतहमा देखिएका छन् । त्यसभित्र पनि अन्य उपगुट उत्तिकै छन् । प्रारम्भमा पूर्वघटकका अलग समूह र गुट देखिनु स्वाभाविक हो । तर पूर्वघटकभित्रैका पुराना गुटले एकतापछि समेत निरन्तरता पाइरहेका छन् ।

 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको गुट सबैभन्दा बढी बलियो छ । उनको गुटका नेताका अरुका तुलनामा एकढिक्का छन् । महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरू सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञावाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, भानुभक्त ढकाल, राजन भट्टराईलगायत नेताहरू ओली ‘क्याम्प’का सारथि छन् ।

 

ओलीपछि बलियो गुट छ, अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को । तत्कालीन माओवादीका बहुमत नेताहरू उनीसँगै छन् । स्थायी समिति सदस्यहरू वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, चक्रपाणि खनाल, अग्नि सापकोटा, हरिबोल गजुरेल, हितराज पाण्डेलगायत नेता दाहाल वरिपरि छन्। दाहालको गुटभित्र पनि वर्षमान र जर्नादनका उपगुट शक्तिशाली छन् ।

 

तत्कालीन एमाले खेमाभित्र वरिष्ठ नेता माधव नेपालको अलग्गै गुट छ । पूर्वघटकभित्र बहुमत जिल्ला (४७ जिल्ला अध्यक्ष) को नेतृत्व यो समूहको थियो । स्थायी समिति सदस्य भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, लालबाबु पण्डित, जगन्नाथ खतिवडा, राजेन्द्र राईलगायत नेताहरू नेपाल ‘क्याम्प’मा छन् ।

 

घनश्याम भुसाललगायतका नेताहरूले गुटबाटै बाहिरिएर अलग्गै समूहको अभ्यास गर्न खोजिरहेका छन् । 

 

एमालेभित्र गुटको जित–हार राजनीतिमा सधैं निर्णायक हुन्थे– सचिवालय सदस्य वामदेव गौतम । उनीसँग ओली, दाहाल र नेपालको जस्तो बलियो गुट त छैन । तर आन्तरिक राजनीतिमा ‘निर्णायक स्टेप’ चाल्न सक्ने टिम छ । किरण गुरुङ, रघुवीर महासेठ, रवीन्द्र अधिकारी, यमलाल कँडेल, दलबहादुर रानालगायत नेता गौतमसँग छन् । खबर अन्नपूर्ण पोस्टबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्