पहिरो झरेपछि बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध



बुटवल । ढुंगा सहितको पहिरो झरेपछि बुटवल-पाल्पा सडकखण्ड अवरूद्ध भएको छ । मंगलबार बिहान ८ बजे बुटवल र पाल्पाको सीमा क्षेत्र तल्लो सिद्धबाबा नजिक ढुंगा सहितको पहिरो झरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका वडा नम्बर ३ तल्लो सिद्धबाबानजिक पहिरो झरेपछि सडक अवरूद्ध भएको हो ।

अहिले डिभिजन सडक कार्यालय पाल्पाले पहिरो हटाएर सडकको आवतजावत गराउन पहल गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्