सिराहाका ४ वटै क्षेत्रमा एमालेले टुंग्यायो उम्मेदवार



सिराहा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि सिराहाका चारवटै क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । सिरहा क्षेत्र नम्वर ३ बाट पोलिटव्यूरो सदस्य तथा मधेस प्रदेश सहइन्चार्ज लिलानाथ श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् ।

निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्वर ३ को बैठकले पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठको नाम प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस भएको प्रदेश कमिटी अध्यक्ष दिपेन्द्र यादवले जानकारी दिए ।

क्षेत्र नम्वर ३ को प्रदेश ‘क’ बाट रामअवतार महतोको एकल नाम सिफरिस गरिएको छ । ‘ख’ तर्फ तीनचारजनाको नाम आएकाले समय लाग्ने यादवले बताए।

निर्वाचन समन्वय कमिटी तथा प्रदेश सभा समन्वय कमिटी क्षेत्र नम्वर ४ को बैठकले प्रतिनिधिसभाका लागि दुईजनाको नाम सिफारिस गरेको छ । प्रदेश सभाका लागि ‘क’ बाट पाँच र ‘ख’ बाट तीनजनाको नाम सिफारिस भएको छ ।

प्रतिनिधिसभाका लागि इन्द्रेश राउत र अमरनाथ यादवको नाम सिफारिस भएको छ । प्रदेशतर्फ ‘क’ पवनकुमार महतो, पुलन महतो, प्रकाश महासेठ, जागेश्वर साह र विमल यादवको नाम सिफारिस भएको छ । प्रदेश ‘ख’को लागि जगतरैन देवी साह, विल्टु साह र विजयनन्द महतोको नाम सिफारिस भएको छ ।

सिरहा क्षेत्र नम्बर १ बाट रामशंकर यादवको नाम सिफरिस भएको छ । प्रमेश ‘क’बाट राजेन्द्रप्रसाद चौधरी, यमुना खनाल, रामनारायण महतो, इन्द्रनारायण चौधरी र प्रदीपकुमार चौधरी नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि नरेन्द्रराज पोखरेलको नाम सिफरिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्