काठमाडौँमै नक्कली स्याम्पु र मसला उत्पादन



काठमाडौं : बहुराष्ट्रिय कम्पनीको उत्पादन ‘हेड एन्ड सोल्जर’ र ‘बिएमसी’ मसलाको नक्कली उत्पादन गर्ने कम्पनीका दुई सञ्चालक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चन्द्रगिरी–१५ नैकापका बासुप्रसाद बिडारी र ज्योतीप्रसाद बिडारीछन् । पक्राउ परेका उनीहरु श्रीमान् श्रीमती हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार नैकापको एक घरमा नक्कली स्याम्पू र बीएमसी मसला उत्पादन गरिरहेको अवस्थामा छापा मारेको हो ।

प्रहरीले तीन थान मेसिन समेत बरामद गरेको महानगरी प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीले बताए ।

विडारीद्वयले ज्योति सोप एण्ड केमिकलको नाममा कम्पनी दर्ता गरी विभिन्न ब्राण्डका नक्कली सामाग्री उत्पादन गर्दै आएका प्रहरीले जनाएको छ । उनीहरुले आफ्नै घरको तल्लो तल्लामा डेढ वर्षदेखि नक्कली स्याम्पू र मसला व्यवस्थित रुपमा उत्पादन गर्दै आएको प्रहरीले जनाएको छ । यो समाचारआजको नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्