अस्तव्यस्त काठमाडौंका खुला ठाउँ (फोटो फिचर)



काठमाडौं । काठमाडौंमा टहलिनका लागि खुला ठाउँको अभाव छ । उपत्यका भित्र यस्ता सायदै ठाउँ होलान् जहाँ केही समयका लागि टहलिन मिल्ने ठाउँ छन् ।

काठमाडौं बस्तीहरुले भरिएको शहर हो । मानिसको भीड र अव्यवस्थित बसोवास । जसका कारण खाली ठाउँ प्रायः शून्य छ । खुला ठाउँको अभाव काठमाडौं उपत्यकाभर नै छ । यसको मुदद बेलाबेलामा नउठेको पनि होइन । 

तर समस्या पनि ज्यूँ का त्यूँ छ । समस्या समाधानको बुटी फेला पर्न सकेको । खाली ठाउँ हुनुपर्छ भन्ने पाठ त हामीलाई वि.सं. २०७२ सालको भूकम्पले पनि सिकाएर गएको छ ।

तर गएको कुराको वास्ता गरेको सम्बन्धित पक्षबाट पाइँदैछ । काठमाडौं उपत्यकामा खुला ठाउँ नभएका होइनन् तर बिस्तारै हराउँदै र मेटिँदै गएका छन् । खुला ठाउँ कसले गायब बनायो यो सोधको विषय बन्नसक्छ । 

टुँडिखेल, रत्नपार्क, तीनकुनेको घाँसे मैदान, सिफल चौर, पुल्चोकको मद स्मारक, पशुपति मन्दिर परिसर, लगनखेलको सप्तपाल पोखरी, गोदावरीस्थित बोटानिकल गार्डेन, भृकुटीमण्डपस्थित टहरा, चापागाँउको बज्रवाराही क्षेत्र खुला ठाउँ थिए कुनै बेलामा । तर आज यी कुनैपनि ठाउँ खुला छैनन् ।

अतिक्रमण, व्यवसायिक प्रयोजकनले सबै खुला ठाउँ मासिएका छन् । बालबालिकालाई रमाउन, वृद्धवृद्धाका लागि टहलिन र युवापिढीका लागि थकान मेटाउने यस्ता ठाउँको अभाव दिनप्रतिदिन मेटिँदै छ । खाली भएका स्थानको पनि पुनःनिर्माण हुन नसक्दा अस्तव्यस्त बनेका छन् । 

चापागाँउको बज्रवाराही स्कूलको चौरमा राखिएका बसहरु ।
भृकुटीमण्डपस्थित सिंहदरवारअगाडि रहेका प्लाष्टिकले छाएर बनाइउको अस्थायी टहरा ।
गोदावरीस्थित बोटानिकल गार्डेनसँगै जोडिएको चौरमा व्यापारीले बनाएका झुपडी ।
लगनखेलको सप्तपाल पोखरी परिसर झार र बुट्यानले ढाकिएको अवस्थामा ।
ललितपुरको धोविघाटस्थित मलपोखरी ।
विश्व सम्पदा क्षेत्र पशुपति मन्दिर परिसरमा राखिएका गाडीहरु ।
पुल्चोकको मद स्मारक विद्यालय परिसरमा राखिएको पुराना सरसामान ।
सिफल चौर अतिक्रमण गरेर फुटपाथ व्यापार गरिदै ।
सिफल चौरमा जमेको पानी र वरपर बर्षामा उम्रेको झार ।

तीनकुनेको घाँसे मैदान भलिवल खेल्ने खेलाडी र फुटपाथ पसले ।

टुडिखेलमा धरहरा निर्माणका क्रममा राखिएको निर्माण सामाग्री र फोहोर ।

 

 

 

प्रतिक्रिया दिनुहोस्