महानगरले भत्कायो माछापोखरी क्षेत्रको अनधिकृत संरचना



काठमाडौं । काठमाडौं महानगरपालिका १६, बालाजुस्थित माछापोखरी क्षेत्रको अनधिकृत संरचनामाथि महानगरले डोजर चलाएको छ।

गुणस्तर विभागको कार्यालय पछाडि रहेको गुम्बा क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर तथा टहरा डोजरमार्फत भत्काउने काम भइरहेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिएका छन् ।

महानगरभित्र निर्माण भएका अनधिकृत संरचनाबारे महानगरको टोलीले दैनिक अनुगमन गरिरहेको पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्