मिटरब्याज पीडितमाथि प्रहरीको धरपकड, ६० जना पक्राउ



काठमाडौं । मिटरब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले धरपकड गरेको छ । मिटरब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेका पीडितले कीर्तिपुरमा सोमबार प्रदर्शन गरेका थिए ।

प्रहरीले प्रदर्शनकारीमाथि धरपकड गर्दै लाठी चार्ज समेत गरेको छ । प्रदर्शनमा सहभागी ५०-६० जनालाई प्रहरीले पक्राउ गरेको र सो क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् ।

उनीहरुको शरिरका विभिन्न भागमा चोट लागेको छ । प्रहरीको लाठि लागेर प्रदर्शनमा सहभागी कुलबहादुर थापाको टाउको फुटेको मिटर ब्याज पीडितहरुले बताएका छन् ।

प्रहरीले माइतीघर आउन नदिएपछि पीडितहरु सरकार र प्रहरी प्रशासनविरुद्ध नाराबाजीमा उत्रिएका थिए।

मिटरब्याजीलाई हदैसम्मको कारबाही हुनुपर्ने र आफूलाई सरकारले न्याय दिलाउनुपर्ने माग गर्दै पीडितहरु १ महिनादेखि आन्दोलनरत छन् ।

प्रतिक्रिया दिनुहोस्