ललितपुरको फुल्चोकी जंगलमा महिलाको हत्या



काठमाडौं । ललितपुरको फुल्चोकी जंगलमा महिलाको हत्या भएको छ । सर्लाही घर भएकी ४० वर्षीया महिलाको हत्या भएको प्रहरीले जनाएको छ । आइतबार जंगलमा उनको शव भेटिएको थियो । महिलाको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंले हत्या आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा घर भएका घ्याल्बो लामा छन् ।

घटनाबारे ४ बजे पत्रकार सम्मेलन गरेर जानकारी दिइने जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सुधीरराज शाहीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्