सार्वजनिक सवारीसाधनको अायु २५ वर्ष बनाउन चलखेल



काठमाडौं : सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीसाधनको आयु २० वर्षबाट २६ वर्ष पुर्याउने तयारी गरेको छ । 

यातायात व्यवस्था विभागका प्राविधिकहरूले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयु २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा बढाउन लागिएको हो । 

सरकारले २०७३ देखि काठमाडौं उपत्यकामा र त्यसको एक वर्षपछि देशभर २० वर्ष पुराना सवारी साधान चलाउन नपाइने नियम लागु गरे पनि उपत्यकाबाहिर यो नियम अझै कार्यान्वयन भएको छैन । 

आफ्नै नीति लागु गराउन नसकेको सरकार व्यवसायीको दबाबमा अर्को निर्णय गर्न लागेको छ । यातायात व्यवसायीहरूले ‘फलामको आयु हुँदैन’ भन्दै सार्वजनिक सवारीको आयु नतोक्न दबाब दिँदै आएका छन् । 

व्यवसायीको दबाब र प्रलोभनमा परेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्देशनमा यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले सार्वजनिक सवारीसाधनको आयु २० बाट बढाएर २५ वर्ष पुर्याउने प्रस्ताव पेश गरेका छन् । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्