जनकपुरमा केपी ओलीलाई २०५ किलोको माला



जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई २०५ किलोको माला लगाएर स्वागत गरिएको छ ।

जनकपुरमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीलाई २०५ किलोको माला लगाएर नेता तथा कार्यकर्ताले स्वागत गरेका हुन् ।

उक्त कार्यक्रममा अध्यक्ष ओलीले जसपाका केन्द्रीय सदस्यहरु रुही नाज, अञ्जुकुमारी यादव, रामउदिन राम, शम्भु साहसहित कांग्रेसका पूर्व जिल्ला उपसभापति सन्तोष यादवलगायतलाई एमालेमा प्रवेश गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्