यस्तो छ तपाईंको आजको राशिफल 



काठमाडौं । आज२८ भदौं, २०७९, मंगलबार। तदनुसार सेप्टेम्बर महिनाको १३ तारिक २०२२ । आश्विनकृष्णपक्ष तृतीया पर सोह्र श्राद्ध चतुर्थी तिथि, विष्टि करण, रेवती नक्षत्र, बृद्धि योग, चन्द्रमा मीन राशिमा रहेको छ।

आजको देवता सूर्य र ग्रहदेव बुध रहेको छ। आजको दिन गणेश र हुनमानको साधना गर्नु उत्तम हुनेछ। पितृ पक्ष भएका हुनाले यो समयमा आफ्ना मृतक पितृहरुको सम्झनामा तर्पण गर्ने र पितृको मृत्यु भएको दिन श्रद्धापूर्वक श्राद्ध गर्ने चलन रहेको छ।

आज बिहान ११ः३६ देखि १२ः२५ सम्मको समय अभिजित मुहूर्त रहेको छ । यो समय निकै शुभ मानिन्छ।

आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि भएका जातको लागि हरेक मंगलवारको दिन मनमा प्रसन्नता छाउने छ। धनलाभ, स्वास्थ्यमा प्रतिकुलताविजयप्राप्त हुनेछ। व्यापार व्यवसायबाट पनि लाभ मिल्नेछ।  दैनिक उपभोग बाहेक विलासिताको सामान खरिद नगर्नुहोला । आजको दिन मौन रहनु उत्तम हुनेछ ।  

 वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अध्ययन अनुसन्धानमा रुचि बढ्ने छ । अध्यात्मशास्त्रका पुस्तक खरिद गर्दा अध्ययनमा रुचि बढ्नसक्छ। यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी भन्दा बढी यात्रा कष्टकर हुनेछ। यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा सुरुवात गर्नुहोला ।  

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशिका जातका लागि आजको दिन  निकै शुभ रहेको छ। व्यापार व्यवसायमा रहेका साझेदारसँग फाइदा हुनेछ। आजको दिन काम गर्दा गणेशको आरधना गरेर काम गर्नुभयो भने तपाईंको गर्ने काममा सफलता मिल्नेछ। आज मिथुन राशिका जातकहरुले नयाँ काम गर्न सक्नुहुनेछ। यात्रा गर्दा पनि सफलता र फलदायी हुनेछ । कसैसँग अनावश्यक विवाद हुने काम नगर्नुहोला ।  

 कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ। विगतमा तपाईप्रति विरोध गर्नेले तपाईलाई सम्मानका शब्दहरु प्रयोग गर्नेछन्। आर्थिक कारोबार गर्दा ध्यान दिनुहोला। पारिवारमा साना साना कुरामा विवाद हुनसक्छ। विवाद हुँदा तपाईको लागि हानी हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिहं राशिका जातकका लागि आजको दिन मौन रहनु हित हुनेछ। घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला। अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ। तपाईले विश्वास गरेको मित्रबाट तपाईंलाई दुःख र धोका हुनसक्छ। आजको दिन विहान गणेश वा हनुमानको मन्दिरको दर्शन गर्नाले तपाईलाई उर्जा मिल्नेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

परिवार र दाम्पत्य जीवनमा सुख, समृद्धि हुने छ। मंगलबारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान मिल्न सक्छ। व्यवसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ। आजको दिन उपहार साटाटाट गर्दा फाइदा हुनेछ । बाल र वृद्ध व्यक्तिहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ।  

 तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

आजको दिन त्यति अनुकुल देखिदैन। अनावश्यक यात्रा र अनावश्यक खर्च व्ययभार बढ्ने छ। आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला। तपाईंले सोचअनुसार काम नहुँदा मनमा अनेक चिन्ता छाउने छ । त्यसैले आजको दिन सकारात्मक सोच राख्नुहोला।  या  त्रा गर्न खोज्नु भएको छ भने त्यति फलदायी हुनेछैन ।   

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

व्यापार व्यवसायबाट लाभ हुने देखिन्छ।  आजको दिन मित्रहरुसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । परिवारका सदस्यसँग र आफन्तसँग विवाद हुनसक्छ त्यसैले सोचविचार गरेर काम गर्नुहोला ।   

 धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा प्राप्त हुनेछ। आज चन्द्रमाको साथ रहेकोल तपाईले सोचेअनुसार काम हुनेछ । अध्ययन अध्यापन, लेखनमा सफलता मिल्नेछ । ब्यापार ब्यबसायमा तपाईको आजको सफलता मिल्नेछ । तपाईलाई परेका अप्ठाराहरुका समाधानका बाटा खुल्दै जानेछ ।

 मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ। तपाईंले आज आफ्नो बसोबास भएको स्थानमा रहेको मठ मन्दिर दर्शन गर्दा तपाईंले उत्साह प्राप्त गर्नसक्नुहुन्छ।  मकर राशिका जातकले हरेक साता मंगलबार गणेशमन्दिरमा दर्शन गर्नाले तपाईको ग्रहदोष कम हुँदै जानेछ। 

 कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

व्यापार व्यवसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला। आजको दिन तपाईंले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ। आर्थिक कारोबारमा समस्या हुनसक्छ। त्यसैले आजको दिन विवाद नगरी नियमित काम बाहेक नयाँ काम गर्नुभन्दा पहिले सोच विचार गरेर मात्र गर्नु वेश हुनेछ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मीन राशिका जातका लागि मंगलबारको दिन बिहान उठेर सूर्योदयको दर्शन र नजिकैको गणेश मन्दिरको दर्शन गरेर काम गर्दा सफलता प्राप्त हुन्छ। अध्ययन अध्यापनको क्षेत्रमा सोचेभन्दा बढी सफलता मिल्नेछ। सेवामूलक काम गर्नुभयो भने समाजबाट मानसम्मान मिल्नेछ।  चन्द्रमाको साथ रहेको छ। आजको दिन विहान सूर्योदयको दर्शन गर्नुहोला ।

 

 

प्रतिक्रिया दिनुहोस्