दुई वर्षभित्र ई–पासपोर्ट



काठमाडौं : सरकारले दुई वर्षभित्र ई–पासपोर्ट जारी गर्ने प्रक्रिया अघि बढाएको छ । सक्दो छिटो काम थाल्न राहदानी विभागलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।

ई–पासपोर्टमा जाने निर्णय असारको पछिल्लो मन्त्रिपरिषदले गरेको थियो । पासपोर्ट दुरुपयोग रोक्न ई प्रविधिमा जानुपर्ने निष्कर्षपछि सरकारले यस्तो निर्णय लिएको हो । 

नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने घटना बढेपछि त्यसलाई समेत सम्बोधन गर्न ई प्रविधिमा जाने तयारी भएको हो ।

ई–पासपोर्ट एमआरपीजस्तै हो । यसमा थप चिप्स हुन्छ । चिप्समा व्यक्तिगत विवरणसहित आँखाको रेटिना, औंठाछापलगायतका फिचरहरु राखिएको हुन्छ । 

अत्याधुनिक विमानस्थलहरुमा पासपोर्टधनी र बोक्ने व्यक्ति उही हो वा होइन भन्ने सेन्सर हुने भएकाले यसबाट दुरुपयोग नियन्त्रण हुनेछ । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्