एम्बिसन एकेडेमीले गर्‍यो डान्सिङ् स्टारको खोजी



काठमाडौं । विद्यार्थीहरूको प्रतिभालाई प्रस्फोटन गराउने उद्देश्यले नयाँ बानेश्वरमा रहेको एम्बिसन एकेडेमी स्कुलले “एम्बिसन डान्सिङ् स्टार सिजन ३” कार्यक्रम सम्पन्न गरेकाे छ। विद्यालयमा अध्ययनरत फाउन्डेसनदेखि कक्षा १० सम्मका १५० भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेकाे कार्यक्रममा विभिन्न चरण पार गर्दै ५३ जना विद्यार्थी अन्तिम चरणमा पुगेका थिए।

२७ भदौमा सम्पन्न गरिएकाे कार्यक्रममा कक्षाका आधारमा विद्यार्थीहरूलाई विभिन्न पाँच समूहमा विभाजन गरिएकाे थियाे। प्रतियोगितामा समूह ए, बि,सी,डी र इ बाट क्रमशः परिस्ता राई, बेनिशा केसी, सुधा वाइवा, चक्षु भट्टराई र रेहाना राईले “एम्बिसन डान्सिङ् स्टार सिजन ३ काे उपाधि चुम्न सफल भए।

प्रतियोगितामा हरेक समुहबाट प्रथम, द्वितीय, तृतीय र सान्त्वना गरी २५ जना विद्यार्थीहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरियो भने बाँकी सबै प्रतियोगीहरूलाई सहभागिताको प्रमाण पत्र प्रदान गरिएको थियो। प्रतियोगितामा नृत्य निर्देशक सङ्घ नेपाल काठमाडौं जिल्ला शाखाका सचिव तथा काेरियाेग्राफर, माेडल देवराज गुरुङ र नृत्य निर्देशक सङ्घ नेपालका आजिवन सदस्य तथा काेरियाेग्राफर, माेडल महेन्द्र किरण निराैलाले निर्णायककाे भूमिका निर्वाह गरेका थिए।

विद्यालयका प्रधानाध्यापक विष्णुकुमार घिमिरेले यस कार्यक्रमले विद्यार्थीहरूलाई आफूमा भएकाे प्रतिभा प्रस्फोटन गराउन सकेको कुरा उल्लेख गर्दै त्यस्ता प्रतिभाहरू खुलेर प्रस्तुत हुन आग्रह गरे। 

प्रतिक्रिया दिनुहोस्