यस्तो छ तपाईंको आजको राशिफल



काठमाडौं । आज २९ भदौं २०७९, बुधबार । तदनुसार सेप्टेम्बर महिनाको १४ तारिक २०२२ । आश्विनकृष्णपक्ष चतुर्थी, पर पञ्चमी श्राद्ध, बालव करण, अश्विनी नक्षत्र, धुव्र योग, चन्द्रमा मेष राशिमा रहेको छ। आज बिहान सूर्योदय ५ः४८ मा सूर्यास्त ६ः११ मा हुनेछ।

आज मध्यान्ह १२ः०० बजेदेखि १ः३३ सम्म राहुकाल रहेको छ। यो समयमा शुभकार्य नगर्नुहोला। आजको देवता भूमि र ग्रहदेव केतु रहेको छ। बुधबारको दिन घर गृहस्थीसम्बन्धी कार्य गर्दा शुभ हुनेछ। आर्थिक कारोबार र ऋण लिनु परेमा आज दिन उत्तम छ। तर, अचल सम्पत्तिको कारोबार गर्नु हुँदैन। आजको दिन छोटो दुरीको यात्राका लागि शुभ रहेको छ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

कामका सोच अनुसार प्रतिफल प्राप्त हुनेछ। मानसम्मान मिल्नेछ। तपाईंले गर्नुभएको कामको सम्मान हुनेछ। सामाजिक सेवा गर्नुभएको छ भने त्यसबाट तपाईंलाई मानसम्मान मिल्नेछ। मेष राशिका जातकले जे काम गर्नुहुन्छ गरेको काममा सफलता प्राप्त हुनेछ। कार्तिक महिनामा तपाईले देवालयमा गएर भोका व्यक्तिलाई केही खानेकुरा दिनुभयो भने मनमा प्रसन्नता छाउने छ। चन्द्रमाका साथ रहेको छ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

तपाईंको लागि आजको दिन त्यति अनुकुल छैन। मानसिक चिन्ता, अनसन्तुष्ठी रहन सक्छ। यात्राको लागि अवसर आउनसक्छ। त्यसैले धार्मिक क्षेत्रको यात्रा गर्नु वेश हुनेछ। यदी यात्रामा निस्कनु भन्दा पहिले तपाईंको नजिकै हरेको कुनै पनि देवी देवताको दर्शन पुकारा गरेर यात्रा गर्नुभयो आजको दिन तपाईको लागि अनुकुल हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

परिवार र आफन्तजनमा विवाद हुनसक्छ। त्यसैले मिथुन राशि भएका जातले आजको दिन मौन रहनु वेश हुनेछ। परिवारमा अनावश्यक विवाद हुनसक्छ। आर्थिक समस्याको कारण मनमा अनेक चिन्ता र विवादका कारण तपाईले सोचअनुसार काम नहुँदा हुने चिन्ताले तपाईमा एकप्रकारको डर उत्पन्न भइरहन्छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

आजको दिन धनप्राप्तिको योग बनेको छ। नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ। आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ। निराशा हटेर आशाका किरणहरु फैलने छन् । आज नयाँ कार्ययोजना बनाउनुहोस सफलता मिल्नेछ । दाम्पत्यजीवनमा सुख र सहयोग प्राप्त हुनेछ। स्त्रीबाट प्राप्त हुने सहयोगले तपाईको काममा सफलता मिल्नेछ । आफूले गरिरहेको व्यापार व्यावसाय र कामबाट तपाईंलाई सफलता मिल्नेछ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

मनमा प्रसन्नता छाउने छ। धनलाभ र स्वास्थ्यले पनि साथ दिने भएकाले तपाईंले सोचअनुसारका काम हुँदा हुने खुसीले तपाईको मनमा विजयप्राप्तिको खुसी छाउने छ। आफूले गरेको कार्य सफलताले मनमा उत्साह छाउने छ। तपाईंमा केही घमण्डका कारण तपाई आफैले गरेको कार्यबाट हानी हुनसक्छ। त्यसैले काम गर्दा होस् पुर्याउनु होला।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

दाम्पत्य जीवनमा सुख, समृद्धिका लागि आजको बुधबार भएकाले व्यापार व्यवसायको कामबाट लाभ हुनसक्छ। अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ भने रचनात्मक र कलाकारितामा मन जानेछ। तपाईंलाई सन्तानबाट प्राप्त हुने सुखले मनमा खुसियाली छाउने छ। अध्ययन अध्यापनको क्षेत्रका कार्य गरिरहुन भएको छ भने थप सफलता मिल्नेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तपाईंको मनमा निराशा छाउनसक्छ । तपाईको चाहना र इच्छाअनुसारको काम नहुँदा पारिवारिक तनावले गर्दा मनमा चिन्ता हुनसक्छ। आजको दिन विवाद हुने काम नगर्नुहोला। विवाद गर्दा तपाईमाथि अनेक आरोप लगाउन सक्छन भने तपाईलाई हानी हुनसक्ने संभावना पनि रहन्छ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

ब्यापार व्यावसायबाट लाभ हुने देखिन्छ। तपाईंको समयअनुकुल छ। कसैबाट आर्थिक साथ सहयोग मिल्नेछ। छोटो यात्राले मनमा खुसी छाउने छ। शत्रुहरुले समेत तपाईंको कार्यप्रशसा गर्ने छन्। समयले साथ दिएको छ, आजको दिन घर र व्यापारको नयाँ काम गर्दा पनि उत्तम हुनेछ।  

 धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) 

तपाईलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईलाई सकारात्मक उर्जा भरिने छ। आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनुभयो भने तपाईंलाई प्राप्त हुने आशीर्वादले उर्जा थपिने छ। परिवारजनबाट प्राप्त हुने सहयोगले नयाँ कामको थालनी गर्नका लागि उत्साह थपिने छ।

 मकर भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

आजको दिन तपाईंको लागि उत्तम दिने हो । त्यसैले जे काम गर्नुहुन्छ। सफलता प्राप्त हुनेछ। व्यापार व्यावसाय, लेखन, र तपाईले विगतदेखि गर्दै आएको जे काम भएपनि त्यसको सफलताका लागि एककदम अगाडि बढ्दा तपाईलाई लाभ हुनेछ । त्यसैले आजको दिन आफ्नो गच्छेअनुसार भोका, गरिवलाई केही खानेकुरा दान गर्नु उत्तम मानिछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

आजको दिन समय त्यति अनुकुल छैन । त्यसैले स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला। अनावश्यक खर्च, समयको दुरुपयोग हुँदा मनमा आफूले गरेको गल्तीको महसुस हुनसक्छ । त्यसैले कुम्भ राशिका जातको लागि आजको दिन अनुकुल देखिदैन। नियमित कामबाहेक अन्य काममा सोच विचार गरेर अघि बढ्नु होला।  

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

यदि व्यापार व्यवसायमा काम गर्नुहुने मीन राशिका जातको लागि दिन उत्तम रहेको छ। धनलाभ प्राप्त हुने योग छ। सन्तान र परिवारबाट सुख प्राप्त हुनेछ। सुखीको खबर र तपाईंले गर्नुभएको कामका सफलता प्राप्त हुनेछ। आफन्त र मित्रमण्डलीको साथ सहयोग प्राप्त हुने भएकाले तपाईको मनमा उत्साह थपिने छ। अध्ययन, लेखनको काममा लाग्नुहोला।  

 

प्रतिक्रिया दिनुहोस्