सम्मानिनत पेशामा रहेकाहरु नै लागुऔषको प्रयोगकर्ता, प्रहरी मूकदर्शक



बाँके : प्रहरी, पत्रकार, पाइलट, वन अधिकृतले सीमावर्ती भारतीय शहर रूपैडिहामा गएर लागूऔषध कोरेक्स खाएर आउँछन् भन्दा पत्याउनुहुन्छ ? पक्कै पनि पत्याउनुहुन्न । 

तर होइन, नेपालगञ्ज नाकाबाट दैनिक नै रूपैडिया पुगेर कोरेक्स खाएर आउनेमा यी पेशाका सम्मानित व्यक्तिहरू संलग्न रहेका छन् । नेपाल समाचारपत्र दैनिकका अनुसार यी चारथरी पेशाका सम्मानित व्यक्तिमध्ये प्रहरीको सरुवा भइसकेकोछ । 

वन अधिकृत केही महिनादेखि नाकामा देखिएका छैनन्। पाइलट र पत्रकारको रूपैडिहा दौडाहा भने जारी छ । प्रहरी अधिकृत साँझपख मस्तले साइकलमा रूपैडिया पुगेर कोरेक्स खाएर फर्किन्थे । सकेसम्म कसैले नचिनुन् भन्ने उनको ध्येय हुन्थ्यो । 

वन अधिकृत त एकपटक नाइट्रोभेट नै बोकेर आउँदा नाकामा समातिएका थिए । मुद्दा चलाएपछि उनको जागिर जाने अनुमान गरियो तर अब लागूऔषध प्रयोग नगर्ने शर्तमा उनलाई लामो समयसम्म काउन्सिलिङ गरेर छोडियो । 

एकजना पत्रकार दिनमा दुई तीन पटक नै रूपैडिया पुग्छन् । त्यहाँ पुगेर कोरेक्स खाएर आउँछन् । कतिपय पत्रकारले उनलाई नमस्कार नै ठोक्ने गर्छन् । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्