जजिरा एयरलाइन्सको भैरहवा-कुवेत नियमित उडान आजदेखि सुरु



काठमाडौं । कुवेतको जजिरा एयरलाइन्सले भैरहवा-कुवेत नियमित उडान शुक्रबारदेखि सुरु गरेको छ। गत जेठ २ गते गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै कुबेत-भैरहवा जिजराले हप्तामा ३ दिन उडान गर्दै आएको थियो।‍

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक तथा प्रवक्ता सुभाष झाले शुक्रबारदेखि जजिरा एयरलाइन्सले कुवेत-भैरहवाबीच नियमित रूपमा दैनिक एउटा उडान सञ्चालन गरेको जानकारी दिएका छन् । उनका अनुसार, हालसम्म जजिरा एयरलाइन्सले कुबेत-भैरहवाबीच १ सय १० वटा उडान गरेको छ ।

यी उडान हुँदै कुबेतबाट-भैरहवा विमानस्थलमा कुल ६ हजार ५ सय ८७ जना हवाइ यात्रु आएका छन् । भैरहवाबाट कुबेतका लागि कुल ७ हजार २ सय ४० जना यात्रु बाहिरिएका छन् ।

जजिरा एयरलाइन्सको ‘एयर बस ३२० नीओ’ बिमानले कुबेत-भैरहवाबीच हवाई उडान भर्दै आएको छ । जजिरा गौतमबुद्धबाट अन्तर्राष्ट्रिय उडान गरिरहेको एकमात्र अन्तराष्ट्रिय एयरलाइन्स हो ।

प्रतिक्रिया दिनुहोस्