भारतविरूद्ध नेपालको सुरूआती अग्रता



काठमाडौं । राजधानीमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत भारतविरूद्ध जारी सेमिफाइनलमा नेपालले सुरूआती अग्रता लिएको छ।

नेपालले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै भारतमाथि १-० अग्रता लिएको हो। नेपालको लागि रश्मीकुमारी घिसिङले गोल गरिन्। उनले प्रिती राईको क्रसलाई नियन्त्रणमा लिएर गोल गर्दै पहिलो हाफमा १-० ले नेपाललाई अघि बढाइन्।

प्रतिक्रिया दिनुहोस्