काठमाडौं विश्वविद्यालयको रजिस्ट्रारमा अच्युत वाग्ले नियुक्त



काठमाडौं । काठमाडौं विश्वविद्यालयको रजिष्ट्रारमा प्राध्यापक अच्युत वाग्ले नियुक्त भएका छन् । काठमाडौ विश्वविद्यालय ऐनको दफा १५९१० अनुसार उपकुलपति प्राध्यापक भोला थापाको सिफारिसमा उनको नियुक्ति भएको हो ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई ४ वर्षका लागि सो पदमा नियुक्त गरेका हुन्।वाग्ले यसअघि काठमाडौ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) मा एसोसिएट डिन थिए ।

उनले त्रिभुवन विश्वविद्यालयबाट एमए र बेलायतको बर्मिङ्घम विश्वविद्यालयबाट अर्थशास्त्रमा एमएस्सी गरेका छन् । उनले भारतको प्रतिष्ठित शैक्षिक संस्था इण्डियन इन्ष्टिच्युट अफ टेक्नोलोजी कानपुरबाट अर्थशास्त्रमै पीएचडी गरेका छन् ।

उनका अर्थराजनीतिक विश्लेषण र स्तम्भहरु उल्लेखनीय रुपमा छापिँदै आएका छन् । केयुका निवर्तमान रजिष्ट्रार प्राध्यापक सुवोध शर्माको कार्यकाल भदौ मसान्तमा सकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्