झापामा १९ वर्षीया महिला बलात्कृत



झापा । झापामा १९ वर्षीया महिला बलात्कृत भएकी छन्।

ती महिलालाई बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-७ स्थित मणी राईको ब्लक फ्याक्ट्रीमा काम गर्ने उदयपुर बेलका नगरपालिका-९ का ३२ वर्षीय मन्दिप पुरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।

ती महिलालाई श्रीमान नभएको मौका पारी महिलाकै कोठामा गई बिहीबार दिउँसो उनले बलात्कार गरेको प्रहरीले जनाएको छ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्