सन्दीपलाई इन्टरपोलमार्फत् पक्राउ गर्न प्रहरीको तयारी



काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीको पूर्वकप्तान सन्दीप लामिछानेलाई इन्टरपोलमार्फत् पक्राउ गर्ने नेपाल प्रहरीले तयारी गरेको छ । लामिछाने नेपाल नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत् पक्राउ गरी नेपाल ल्याउने तयारी गरेको हो।

नेपाल प्रहरीले सन्दीपलाई इन्टरपोलमार्फत् खोजेर नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

इन्टरपोलमार्फत् सदस्य राष्ट्रहरूलाई जानकारी गराएर सन्दीपको खोजी गर्ने र नेपाल ल्याउने प्रकृया अगाडि बढाइएको नेपाल प्रहरीले जानकारी दिएको छ ।

१३ दिनअघि एक १७ वर्षीय किशोरीले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन्। त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका सन्दीपले त्यसको केही दिनपछि मुद्दाको सामना गर्न नेपाल फर्किन लागेको बताएपनि उनी अझै आइपुगेका छैनन्।

प्रतिक्रिया दिनुहोस्