ट्रम्प प्रशासनविरुद्ध सिएनएनको मुद्दा, संवैधानिक अधिकारको उल्लंघन गरेको आरोप



काठमाडौं : आफ्ना पत्रकारको ह्वाइट हाउस प्रवेशको परिचयपत्र रद्द गरेपछि सिएनएनले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ । 

जिम एकोस्टा ह्वाइट हाउसका लागि सीएनएनका प्रमुख संवाददाता रहेका थिए, गत हप्ता पत्रकार सम्मेलनमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको बहसपछि उनको ‘प्रेस पास’ फिर्ता लिइएको थियो । राष्ट्रपति कार्यालयले संवैधानिक अधिकारको उल्लंघन गरेको आरोप सीएनएनले लगाएको छ ।  

मंगलबार वासिङ्टनको अदालतमा दायर गरिएको मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई प्रतिवादी बनाइएको छ । राष्ट्रपति ट्रम्पसँग चिफ अफ स्टाफ जोन केली र ह्वाइट हाउसकी प्रवक्ता सारा स्याण्डर्स पनि रहेका छन् ।

नोभेम्बर ७ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र एकोस्टाको बीचमा केही प्रश्नलाई लिएर बहस भएको थियो । बहसको एक दिनपछि उनको पास रद्द गरिएको थियो । 

संवाददाता एकोस्टाले मेक्सिकोका शरणार्थी र मेक्सिकोबाट अमेरिकातर्फ बढी रहेका प्रवासीका बारेमा प्रश्न गरिरहेका बेला ह्वाइट हाउसमा कार्यरत एक महिला कर्मचारीले उनको माइक्रोफोन खोस्न खोजेकी थिइन् । 

एकोस्टाले माइक्रोफोन दिन मानेनन् र राष्ट्रपति ट्रम्पलाई अर्को प्रश्न गर्ने प्रयास गरेका थिए । त्यही विषयलाई लिएर ह्वाइट हाउसले ट्रम्प प्रशासन विरुद्ध मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्