डा.केसीलाई लिन सेनाको स्काई ट्रक धनगढीमा, काठमाडौं नजाने अडान



धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर बिगत ९ दिनदेखि अनशनमा रहेका डा.गोविन्द केसीलाई लिन नेपाली सेनाको स्काई ट्रक धनगढी पुगेको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापासहितको टोलीले केसीलाई उपचारका लागि काठमाडौं जान आग्रह गरेका छन् ।

तर अनसनरत केसीले उपचारका लागि काठमाडौं जान मानेका छैनन् । आफूलाई जटिल समस्या नभएकाले जबर्जस्ती नगर्न केसीले आग्रह गरेका छन् ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी गरिएको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्