सुर्खेतमा पनि गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक थ्री-ह्विलर अटो “ट्रियो”



सुर्खेत । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम-आइओन सञ्चालित इलेक्ट्रिक थ्री-ह्विलर चितवन, हेटौँडा, धनगढी, जनकपुरधाम आदिमा ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो इलेक्ट्रिक अटो आज भव्य समारोहका साथ सुर्खेतमा पनि सार्वजनिक गरेको छ ।

समारोहमा महिन्द्रा ईलेक्ट्रोनिकका अमित साह, अग्नि इनर्जीका सहायक महाप्रबन्धक प्रमोद भण्डारी, सुर्खेत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गणेश कुमार बस्नेत, पत्रकार महासंघका अध्यक्ष केदार बस्याल, बिरेन्द्र नगरपालिकाका उपमेयर निलकण्ठ खनाल, बिरेन्द्र नगरपालिकाका वडा अध्यक्ष दिलबहादुर रखाल, अग्नि इनर्जीका प्रतिनिधि सिरज भुजेल लगायतका उपस्थिति थियो ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलोरस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालको विभिन्न ठाँउमा ट्रियो बिक्री गर्दै आएको छ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २,००,००० (पेट्रोल अटोको तुलनामा) बचत गर्न सक्ने छन् ।

महिन्द्रा ट्रियो १०,०००ं सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो र सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्