टी-२० सिरिजमा भारतलाई अष्ट्रेलियाले हरायो



काठमाडौं । अस्ट्रेलियाले मंगलबार भारतविरुद्धको तीन टी २० शृंखलाको पहिलो खेलमा चार विकेटले जितको छ । भारतले प्रस्तुत गरेको दुई सय ९ रनको लक्ष्य अस्ट्रेलियाले चार बल गावै ६ विकेटको क्षतीमा पूरा गर्यो ।

अस्ट्रेलियाका म्याथ्यु वेडले २१ बलमा ६ चौका र दुई छक्का मद्दतमा अविजित ४५ रन जोडे । त्यस्तै ओपनर क्यामरुन ग्रिनले ३० बलमा आठ चौका र चार छक्का प्रहार गरे । स्टिभ स्मिथले २४ बलमा तीन चौका र एक छक्का प्रहार गरे । भारतका अक्सर पटेलले तीन,उमेश यादवले दुई तथा युजवेन्दर चाहलले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङका लागि आएको भारतले हार्दिक पाण्डेयाको अविजित ७१ रन मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट क्षतीमा दुई सय आठ रनको विशाल योगफल खडा गरेको थियो ।

भारतका लागि ओपनर केएल राुहलले ३५ बलमा चार चौका र तीन छक्का मद्दतमा ५५ रन जोड्दा पाण्डेयाले २० बलमा सात चौका र पाँच छक्का प्रहार गरे । त्यस्तै, सुर्यकुमार यादवले २५ बलमा दुई चौका र चार चौका मद्दतमा ४६ रन जोडे ।अस्ट्रेलियाको नाथन इल्सले तीन, जस हाज्लेउडले दुई र क्यामरुन ग्रिनले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्