कैलालीमा श्रीमानद्वारा श्रीमतीको हत्या, छोरी घाइते



कैलाली । कैलालीमा ३२ वर्षीया महिलाको हत्या भएको छ । कैलालीको गौरीगंगा नगरपालिका-५ की ३२ वर्षीया ललिता नामजाली मगरको बुधबार राति हत्या भएको हो  ।

उनको हत्या भारतको रोजगारीबाट फर्केकै दिन श्रीमान् शेरबहादुर नामजाली मगरले गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीका अनुसार हत्या गरिएको अवस्थामा ललिताको शव बिहीबार बिहान भेटिएको हो ।

उनकी १७ वर्षीया छोरी लक्ष्मी नामजाली मगरमाथि पनि धारिलो हतियार प्रहार गरिएको र हाल गम्भीर घाइते उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

छोरा विजय नामजाली भने सामान्य घाइते भएका छन् । घटनापछि फरार रहेका शेरबहादुरलाई पक्राउ गरिसकिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता जोशीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्