गरिमा विकास बैंकमा रोजगारीको अवसर



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले रोजगारको अवसर खुलाएको छ। बैंकले बिहीबार एक सूचना प्रकाशित गर्दै कर्मचारी आवश्यक रहेको जनाएको हो।

संस्थाले केन्द्रीय कार्यालय लाजिम्पाट काठमाडौंको लागि सिनियर अफिसर एक जना र सुपरभाइजर, सिनियर एसिस्टेन्ट, एसिस्टेन्ट पदहरूका लागि केही सङ्ख्याले कर्मचारी माग गरेको हो। उक्त पदहरूमा आवेदन दिन स्नातक तहदेखि स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने जनाएको छ।

इच्छुक उम्मेदवारले बैंकको वेबसाइट https://www.garimabank.com.np/  मार्फत आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्