सशस्त्र प्रहरीको एआइजीमा बंशीराज दाहाललाई बढुवा गर्न सिफारिस



काठमाडौं । सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन्। सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको मिति बिहीबारको बैठकले उनलाई बढुवाका लागि सिफारिस गरेको हो।

बढुवा समितिका सदस्य सचिव, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले दाहाललाई एआइजीमा बढुवा सिफारिस गरिएको उल्लेख गरेका छन्। गृह मन्त्रालयले बढुवा सिफारिस चित्त नबुझे सशस्त्र प्रहरी नायब महानिरीक्षकहरूले सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिमा उजुरी दिन सक्ने पनि उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्