कुमारी बैंकको थप १० एक्सटेन्सन काउण्टर सञ्चालन



काठमाडौं । कुमारी बैंकले आफ्ना सञ्जाल विस्तार गर्ने क्रममा १ नयाँ शाखा र १० एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले चन्द्रागिरी नगरपालिकामा गुर्जुधारामा शाखा सञ्चालनमा ल्याएको हो ।

एक्सटेन्सन काउण्टर भने काठमाडौँ बाहिर पनि सञ्चालनमा ल्याएको छ । बल्खु, शंखारापुरको ईन्द्रायणी, नागर्जुन नगरपालिकामा पर्ने गैरीगाँउ, टोखा नगरपालिकामा पर्ने झोर र गोकर्णेश्वर नगरपालिकामा पर्ने आरुबारीमा बैंकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

मध्यपुर थिमीस्थित नेकोसेरा, काठमाडौँको जैसिदेवल, महाराजगंज र छाउनीसहित जनकपुरधाम उपमहानगरपालिकास्थित आर।आर।एम। क्याम्पसमा बैंकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो । बैंकले हाल १९९ शाखा, १९५ एटिएम, ३४ एक्सटेन्सन काउन्टर तथा ५३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्