सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुन तोलामा १ हजार रुपैयाँले बढेको हो ।

जसअनुसार छापावाल सुनको मूल्य आज तोलामा ९२ हजार आठ सय र तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार ८ सय र तेजाबी सुनको मूल्य तोलामा ९१ हजार ३ सय रुपैयाँ रहेको थियो । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्