
रूपन्देही । बुटवलमा कलाकार राजु मल्होत्रा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । बुटवल- ११ देवीनगरस्थित आफ्नै निवासमा उनी मृत भेटिएका प्रहरीले जनाएको छ ।
करिब ३५ वर्षीय महोत्रा बिहीबार साँझ गायक नन्दु परियारलगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए। मल्होत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्याइएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
उनले दर्जनौं म्युजिक भिडिओ निर्माण र अभिनय गरेका छन्।