अनामनगर-धोबीखोलामा बनेका अबैध संरचनामाथि महानगरको डोजर चल्यो



काठमाडौं । अनामनगर तथा धोबीखोला किनारमा बनेका अबैध संरचनामाथि काठमाडौं महानगरपालिकाको डोजर चलेको छ । शुक्रबार बिहानदेखि महानगरले उक्त स्थानमा बनेका अबैध संरचनालाई हटाउन सुरु गरेको छ ।

महानगरको डोजरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो ।

महानगरपालिकाले केही हप्तादेखि नै अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । सडक सीमा मिचेर बनाइएका अग्ला पर्खाल पनि महानगरले भत्काउन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्