इसेवाको “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ”को विजेता बने इलामका पोखरेल



काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योजनामा इलामका अनुपम पोखरेलले  १ लाख रूपैयाँ जितेका छन् ।

उनले नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेका थिए । इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो ।

यस योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत २० हजार नगद जितेका छन् । साथै पोखरेलले बीमा गरेको नेपाल लाइफ इन्स्योरेन्स्को इलाम शाखाले समेत नगद २० हजार प्राप्त गरेको छ । विजेताहरूलाई शुक्रबार एक कार्यक्रमका बिच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद हस्तान्तरण गरेका हुन् ।

लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद १–१ हजार रुपैयाँ जितेका छन् । इसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत साप्ताहिक विजेता चयन गरेको थियो । नगद हस्तान्तरण कार्यक्रममा बोल्दै इसेवाका प्रमुख कार्यकारी सुभास सापकोटाले भने,‘ हामीले बीमितहरुले घरमै बसेर बसेर आफ्नो बीमा शुल्क भुक्तानी गर्नका लागि प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सञ्चालन गरेका थियौँ । यसमा आम बिमितहरुको उत्साहजनक सहभागीता रह्यो । यसले हामीलाई थप हौसला प्रदान गरेको छ । आगामी दिनमा पनि हामीले बीमा क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप योजनाहरु सार्बजनिक गर्नेछौँ’ ।

यसैगरि कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स्का आइटी प्रमुख शरद चन्द्र प्याकुरेलले भने‘ इसेवाले नेपालको डिजिटल भुक्तानीमा अग्रणी भुमिका खेल्दै आइरहेको छ । पछिल्लो समय इसेवाले बीमा क्षेत्रको भुक्तानीलाई पनि अनलाइन मार्फत गर्नका लागि प्रोत्साहन गरिरहेको छ । जसले गर्दा बीमा क्षेत्रमा थप सहजता ल्याइरहेको छ । यसले बीमा गर्ने बीमित, बिमा एजेन्ट देखि हामीजस्ता कम्पनीहरुलाई पनि निकै सजिलो भइरहेको छ ’योजना अवधिभर इसेवामार्फत ४ अर्ब बढिको कारोबार भएको योयो । यस अवधिमा ६० वटा भन्दा धेरै बिमा शुल्क इसेवा मार्फत भुक्तानी भएका थिए ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्