भारतले अष्ट्रेलियालाई हरायो



काठमाडौं । दोस्रो टी-२० खेलमा अस्ट्रेलियालाई ६ विकेटले हराएसँगै भारतले तीन टी-२० आई क्रिकेटमा  १-१ को बराबरी गरेको छ। नागपुरमा शुक्रबार राति वर्षाले खेल प्रभावित हुँदा ८ ओभरको खेलाइएको थियो। ९१ रनको लक्ष्य पछ्याएको भारतले ७.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।

भारतका  कप्तान रोहित शर्माले सर्वाधिक ४६ रन बनाए। विराट कोहलीले ११ तथा केएल राहुलले १० रन बनाए अस्ट्रेलियाका एडम जाम्पाले ३ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर ९० रन बनायो। अष्ट्रेलियाका म्याथ्यु वेडले सर्वाधिक ४३ रन बनाए।

यस्तै, कप्तान आरोन फिन्चले ३१ रनको योगदान गरे । भारतका अक्षर पटेलले २ विकेट लिए। अन्तिम टी-२० आइतबार हुनेछ।

 

प्रतिक्रिया दिनुहोस्