मेक्सिकोमा सशस्त्र समूहको हमलामा १० जनाको मृत्यु



एजेन्सी । मक्सिकोको एक औद्योगिक क्षेत्रको पोखरी हलमा सशस्त्र आक्रमणकारीले १० जना मानिसको हत्या गरेका छन् । गुआनाजुआटो राज्यको तारिमोरो नगरपालिकामा उक्त नरसंहार भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ।

घटनास्थलमा नौ पुरुषको शव फेला परेको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ । गुआनाजुआटोका गभर्नर डिएगो सिन्ह्यु रोड्रिग्वेजले उक्त घटनलाई ‘कायर पूर्ण आक्रमण’ भनेका छन् र व्यवस्था पुनःस्थापित गर्ने वाचा गरेका छन् ।

सान्ता रोजा डे लिमा र जालिस्को न्यू जेनेरेसन कार्टेल नामक दुई समूहबीचको विवादका कारण गुआनाजुआटो मेक्सिकोको सबैभन्दा हिंसात्मक राज्य बनेको छ। जसले लागुऔषधको तस्करी र इन्धन चोरीको नियन्त्रण गर्ने क्रममा हिंसा बढेको छ।

सन् २००६ को डिसेम्बरदेखि सरकारले एक विवादास्पद सैन्य कारबाही एंटी ड्रग अपरेसन सुरु गरेको छ। त्यस यता ३ लाख ४० हजार जनाको हत्या भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्