काठमाडौंका सडकको दुरावस्था (फोटोफिचर)



काठमाडौं । संघीय राजधानी काठमाडौंका सडकको अवस्था अस्तव्यस्त र दयनीय छ। कतै खाल्डाखुल्टी त कतै हिलाम्मे र धुलाम्मे बाटो। चिल्लो सडकको व्यवस्थापन र निर्माण त परको कुरा पुनःनिर्माणको कामसमेत सरकारी निकायहरूले गर्न सकेका छैनन्।

पुराना सडकहरूमा बिच्छ्याइएको कालोपत्रे उक्किएको छ। बाटोमा खाल्डाखुल्टी छ। धुलो, हिलो र ढलका पाइप बिच्छ्याउन महिनौँ दिनसम्म पनि सडकमा व्यवधान खडा गरिन्छ। भत्किएको सडकमा दुर्घटनाको जोखिम त छ नै साथमा सिर्जित व्यवधानले आवतजावतमा झनै सकस हुने गरेको छ।

सरकारी निकाय र राजनीतिक दलका प्रतिनिधिहरू विकासको कुरामा सवालजवाफमा नै सीमित छन्। चुनावका बेला बाध्यताले गरिएको कालोपत्रे र सडक निर्माण केही महिना नबित्तै भत्किएर पुनः उस्तै हुन्छ। दीर्घकालीन रुपमा समस्याको समाधान गर्दा आफूले पनि प्रयोग गर्न सहज र छिटो हुन्छ भन्ने महसूस गर्न प्रतिनिधिहरूले सकिरहेका छैनन्।

राजनीतिक दलका प्रतिनिधि र सरकारले सडक विकासलाई व्यवस्थित गर्न नसक्दा र प्राथमिकतामा नराख्दा हरेक दिन आम नागरिकले दुःख भोगिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्