धान हेर्न खेतमा पुगेकी महिला मृत फेला



महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिका-१ की ४० वर्षीया अमिना खातुनको शव फेला परेको छ । शुक्रबार बिहान धान हेर्न खेतमा पुगेकी खातुनको गएराति बाँसघारीमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

शरीरमा चोट रहेकाले हत्या भएको हुनसक्ने र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी चन्देश्वर यादवले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्