७४ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार १२६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २९ तथा एन्टिजेन विधिबाट ४५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

साथै सोही अवधिमा ११६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १ हजार २८३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ जना सङ्क्रमितको मृत्यु पनि भएको छ । नेपालमा कोभिड-१९ महामारीका कारण हालसम्म १२ हजार १७ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्