अधिकारीको अध्यक्षतामा नेफेजको नयाँ कार्यसमिति



काठमाडौं । नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले रोशनी अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ।
शुक्रबार राति अबेर सम्पन्न समूहको ३७ औँ साधारण सभाले आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । अधिकारी समूहको इतिहासमै पहिलो महिला अध्यक्ष हुन् ।

अध्यक्ष बाहेक अन्य पदमा सर्वसम्मत् पदाधिकारी चयन भएका हुन् । कार्यसमितिको उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमश: गोपाल तिवारी, सविन शर्मा, प्रगति ढकाल र सोमनाथ लामिछाने रहेका छन् । शर्मा यसअघि समूहको कोषाध्यक्ष थिए । ढकाल पुन: सचिवमा दोहोरिएकी छन् । तिवारी लेखा समिति संयोजक थिए ।

त्यसैगरी सदस्यहरूमा टीका बन्धन, अभयराज जोशी, सृष्टि काफ्ले र सुजाता कार्की चयन भएका छन् । काफ्ले र कार्की यसअघि पनि कार्यसमिति सदस्य थिए ।

समूहको विज्ञ सदस्यमा सिमसारविद् शैलेन्द्र पोखरेल चयन भएका छन् । एक महिला विज्ञ सदस्य खाली भएकाले कार्यसमितिले मनोनित गर्ने निर्वाचन समितिले बताएको छ ।

साधारणसभाले लेखा समिति संयोजकमा विजयराज पौडेल नेतृत्वको समिति चयन गरेको छ । वन विज्ञ पौडेलको संयोजकत्वमा रहेको समितिमा निमेश अधिकारी र शोभा मानन्धर सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस्