माेदी फेरि नेपाल अाउँदै, दुर्इ देशबीच केही समझदारी हुने



काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल भ्रमणमा आउने खबर सार्वजनिक भएको छ ।

 

अघिल्लो महिना सम्पन्न बिमस्टेक सम्मेलनमा सहभागि हुन नेपाल आएका मोदी फेरि आगामी नोभेम्बरमा आउने तय भएको भारतीय न्यूज एजेन्सी एएनआईले जनाएको छ

। 

‘भारतीय प्रधानमन्त्री मोदी आगामी नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने तयारी गर्नुभएको छ। अहिले मिति फाइनल नभए पनि राजकीय हुने यो भ्रमण सम्भवतः नोभेम्बर २८ र २९ तारिखमा गर्नेगरी छलफल भइरहेको छ’ नेपालस्थित भारतीय दूतावासका एक उच्च अधिकारीले भने । 

 

मोदी भारतीय प्रधानमन्त्री बनेपछि यो उनको चौथो नेपाल भ्रमण हुनेछ । 

 

भ्रमणका क्रममा मोदी भगवान गौतम बुद्धको जन्मभूमि लुम्बिनी जानेछन् । सो क्रममा राजनीतिक भेटवार्ता र दुई देशबीच केही समझदारी पनि हुने बताइएको छ । 

 

मोदीको दोस्रो नेपाल भ्रमणकै क्रममा उनी लुम्बिनी जाने तय भएको थियो । तर, सुरक्षाका कारण देखाउँदै त्यतिबेला अन्तिम समयमा रद्द गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्