कैलालीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु



कैलाली। कैलालीको टिकापुर नगरपालिका–२ कोठारपुरमा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। दुर्घटनामा एक युवती गम्भीर घाइते भएकी छन्। मृत्यु हुनेमा सोही नगरपालिका-२ बिजयनगरका ७० वर्षीय भोकारी थारु रहेका छन्।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा टिकापुर अस्पतालमा मृत्यु भएको हो। घाइते भएकी मोटरसाइकलमा पछाडी सवार स्थानीय १८ वर्षीया आस्मा चौधरीको सोही अस्पतालमा उपचार भैरहेको छ।

से ६ प ३१८१ नम्बरको मोटरसाइकलले हिजो बेलुकी पौने ७ बजे थारु सवार साइकललाई ठक्कर दिएर पल्टिएको थियो। मोटरसाइकल चालकलाई इलाका प्रहरी कार्यालय टिकापुर कैलालीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्