गाविस सविचसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको साविक चक्कर गाविसका सचिव राम रतन मण्डलसहित २ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरुले ९ लाख ७६ हजार ९०० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर गरिएका अन्यमा धनुषाको साविक चक्कर गाविस-२ हाल औरही गाउँपालिका-६ बस्ने नागेन्द्र भन्ने रंजित साह रहेका छन्। दायर गरिएको मुद्दामा दुवै जनासँग ९ लाख ७६ हजार ९०० रुपैयाँ बिगो दाबी गरिएको छ।

विभिन्न वडाहरुका सडकमा माटो पुर्ने र ग्राभेलको काम गर्दा उनीहरुले भ्रष्टाचार गरेको अनुसन्धानमा देखिएको अख्तियारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्