कमल सङ्घर्षको एकल गजल वाचन कार्यक्रम सम्पन्न



काठमाडौं । नवीनतम गजल कृति खुडीको परिचर्चा तथा गजलकार कमल सङ्घर्षको एकल गजल वाचन कार्यक्रम पश्चिम नेपालमा सम्पन्न भएको छ। असोज १ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमकाबीच खुडीको विमोचन गरिएको थियो ।

विमोचन लगत्तै लुम्बिनी प्रदेश बाँकेको कोहलपुर र नेपालगञ्ज, बर्दियाको गुलरिया त्यस्तै सुदूरपश्चिम प्रदेश कैलालीको लम्की र धनगढीका साथै कर्णाली प्रदेश सुर्खेतमा समेत खुडी परिचर्चा तथा कृतिकार सङ्घर्षको एकल वाचन कार्यक्रम सम्पन्न भएका हुन् ।

जसमा असोज १ गते हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको आयोजनामा कोहलपरमा श्रष्टा सम्मान तथा एकल गजल वाचन कार्यक्रम, ३ गते अक्षर साहित्य समाजले खुडी परिचर्चा तथा रचना वाचन कार्यक्रम, ४ गते ऐश्वर्या विद्यार्थी समाजले धनगढीमा खुडी परिचर्चा तथा सङ्घर्ष गजल साँझ, ६ गते बास नपालले नेपालञ्जमा इन्सप्रेसिङ युथ गजल वाचन कार्यक्रम, जागरुक युवा समाज बर्दियाले गुलरियामा गजल वाचन तथा खुडी विमर्श कार्यक्रम र मध्यपश्चिम विश्वविद्यालय साहित्य समाजले सुर्खतमा खुडी परिचर्चा तथा एकल गजल वाचन लगायतका आधा दर्जन कार्यक्रम सम्पन्न भएका छन् ।

यसभन्दा अघि उनको सडक गजल संग्रह प्रकाशन भएको थियो । पछिल्लो समय अछामी भाषा, कला, साहित्य र संस्कृतिका क्षेत्रमा समेत सक्रिय  रहेका  सङ्घर्ष नौखुवा छमास्या पत्रिकाका प्रमुख सम्पादक समेत हुन् । उनका कैफियत २०७० संयुक्त गजलसंग्रह, सडक २०७३ एकल गजलसंग्रह तथा विभिन्न पत्रपत्रिकामा विभिन्न फुटकर लेखरचना प्रकाशित छन् ।

सडक सर्वाधिक बिक्री भएको गजल सङ्ग्रह हो । प्रथम पटक रचना वाचनले प्रकाशन गरेको सडकको दोस्रो र तेस्रो संस्करण शिखा बुक्सले प्रकाशन गरेको हो । खुडी भित्र समसामयिक परिवेशमा लेखिएका वैचारिक, राष्ट्रप्रेम, प्रेमिलका साथै केही अछामी भाषामा लेखिएका गजलहरु समावेश छन्।

विगतमा प्रकाशन गरिएका अन्य गजल सङ्ग्रह र फुटकर रुपमा लेखिएका थुप्रै गजलहरु भन्दा खुडी भित्रका गजलहरु अझै परिष्कृत गरिएकाले यसले पाठकलाई नयाँ उर्जा दिने विश्वास सङ्घर्षले गरेका छन् । ‘खुडी’ अछाम सहित सुदूरपश्चिम, कर्णाली प्रदेशका केही ठाउँमा प्रचलित शब्द हो। जसको अर्थ पिँजडा भन्ने हुन्छ। 

प्रतिक्रिया दिनुहोस्