इंग्ल्यान्डमाथि पाकिस्तानको रोमाञ्चक जित



काठमाडौं । घरेलु टोली पाकिस्तानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको चौथो खेलमा इंग्ल्यान्डविरुद्ध रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा पाकिस्तानले इंग्ल्यान्डलाई ३ रनले पराजित गरेको हो।

जितसँगै पाकिस्तानले सात खेलको टी-२० शृंखलामा २-२ को बराबरी गरेको छ। एक सय ६६ रनको लक्ष्य पछ्याएको इङल्यान्ड १९.२ ओभरमा एक सय ६३ रनमा सीमित भयो । इङल्यान्डका लियाम डसन र ह्यारी ब्रुकले समान ३४ रनको योगदान गरे।

त्यस्तै बेन डकलेडले ३३ र कप्तान मोइन अलीले २९ रन जोडे। पाकिस्तानका मोहम्मद नवाज र ह्यारिस रौफले समान तीन तथा मोहम्मद हासनैनले दुई र मोहम्मद वासिमले एक विकेट लिए। यसअघि राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङका लागि आएको पाकिस्तानले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ६७ रनको योगफल खडा गरेको थियो । पाकिस्तानका ओपनर मोहम्मद रिजवानले सर्वाधिक ८८ रन बनाए।

उनले ६७ बलमा नौ चौका र एक छक्का प्रहार गरे । कुनै समय १२ ओभरमा एक विकेट गुमाएर ९७ रन बनाएको पाकिस्तानले सोही अनुरुपको फिनिसिङ गर्न भने सकेन।

कप्तान बाबर आजम ३६ रनमा आउट भए। यसबाहेक, टिमको खातामा सान मसुदले २१ र आसिफ अलिले तीन बलमा १३ रन थपे । इङ्ल्यान्डका रिसे टोप्लेले दुई विकेट लिए। यस्तै, लियम डव्सन र डेविड विलीले एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्