डेंगीका कारण ३२ जनाको मृत्यु, एकैदिन १ हजार ५१ संक्रमित



काठमाडौं । नेपालमा डेंगी संक्रमण तिब्र गतिमा फैलिएको छ । पछिल्लो २४ घण्टामा मात्रै १ हजार १५ जना डेंगी संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबारसम्म २५ हजार ५४३ जनामा डेंगी पुष्टि भएको छ । यसअघि आइतबारसम्म २४ हजार ४९२ जनामा डेंगी संक्रमण भएको थियो ।

अहिलेसम्म डेंगी संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । मन्त्रालयको अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगी संक्रमण भएको छ ।

त्यसैगरी लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगी संक्रमण भएको छ । नेपालमा एडिज प्रजातिको लामखुट्टेबाट सर्ने डेंगी नेपालमा पहिलो पटक २०६१ मा डेंगीका बिरामी देखिएका थिए ।

हालसम्म देशभरका ७६ जिल्लामा डेंगी संक्रमण फैलिएकाले यसलाई ‘प्रकोप’ घोषणा गर्ने तयारी गरेको छ । संक्रमितको संख्या दिनदिनै बढिरहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्