कुमारी र एनसीसी बैंकबीच मर्जरमा जाने सम्झौता



काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकबीच मर्जर सम्झैता भएको छ । यस विषयमा दुई बैंकले काठमाडौंको होटल म्यारियटमा सम्झौता गरेका छन् । अनौपचारिक रुपमा यसअघि नै मर्जरमा जान सहमत भएका दुई बैंकले मर्जर समिति बनाएर तयारी गरेका थिए ।

सोमबार गरिएको सम्झौतामा कुमारी बैंकका तर्फबाट मर्जर समिति संयोजक कृष्ण ज्ञवाली र एनसीसी बैंकको तर्फबाट चन्द्र बाँस्तोलाले हस्तारक्षर गरेका छन् ।

समान १-१ (दुबै बैंकको शेयर मूल्य बराबर) स्वाप रेसियोमा सहमति गरिएकोमा दुई बैंकको मर्जरपछि २५ अर्ब ८५ करोड चुक्ता पुँजी पुग्‍ने छ । राष्ट्र बैंकले मर्जरमा नगएका बैंकहरूलाई मर्जरमा जानका लागि दबाद दिइरहेको छ भने प्रोत्साहनका प्याकेज पनि दिएको छ ।

यसअघि एक आपसमा गाभिन बीओके र ग्लोबल आईएमई, प्रभु र सेञ्चुरी, हिमालयन र सिभिल, इन्भेष्टमेन्ट र मेगा बैंक सहमति गरिसकेका छन् भने नेपाल बंगलादेश बैंकलाई बैंक नविल बैंक लिमिटेडले प्राप्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्