वायुसेवाको अन्तर्राष्ट्रिय टिकट बुकिङ अब अनलाइनमार्फत



काठमाडौं । नेपाल वायुसेवा निगमले आजदेखि आफ्ना सबै अन्तर्राष्ट्रिय सेक्टरहरुमा अनलाइन टिकेटिङको सुरुवात गरेको छ ।

निगमकी प्रवक्ता अर्चना खड्काले एक विज्ञप्ति जारी गर्दै इन्टरनेट बुकिङ इन्जिन (आइबीई)मार्फत टिकट बुकिङको सुरु गरेको जानकारी दिइन् ।

यससँगै अब विश्वका कुनै पनि ठाउँबाट निगमको वेबसाइट www.nepalairlines.com.np मार्फत अनलाइन बुकिङ गरी आफ्नो उडान गन्तव्यको टिकट खरिद गर्न सकिनेछ ।

निगमले हाल दिल्ली, मुब्ई, बैंगलौर, दुबई, दोहा, हङकङ, क्वालालाम्पुर, बैंकक र रियादमा आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ । अनलाइन सेवाले यात्रुहरुलाई सहजता प्रदान गर्ने निगमले विश्वास लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्