हेल्थ एट होमले सुरु गर्यो रुक्तदान अभियान



काठमाडौं । घरघरमै पुगेर स्वास्थ्य सेवा दिँदै आएको हेल्थ एट होम मेडप्रो इन्टरनेशनल प्रा.लि.ले डेङ्गु रोग पीडितको सहयोगार्थ रक्तदान अभियान सुरु गरेको छ ।

राजधानी काठमाडौ लगायत देशभर डेङ्गु रोगको प्रकोप बढिरहेका बेला हेल्थ एट होमले पाटन जेसिज,नेपाल भेन्टिलेटर सेवा र सघन क्रिटिकल केयर सँगको संयुक्त आयोजनामा रक्तदान शिविर सञ्चालन गरेको हो ।

यो अभियान दुई सातासम्म सञ्चालन हुनेछ । हेल्थ एक होमको प्राङ्गढबाट सुरु भएको रक्तदान अभियान राजधानीका विभिन्न स्थानमा सञ्चालन हुने पाटन जेसिजका अध्यक्ष प्रवेश मल्लले बताएका छन् । मुलुकभर डेङ्गुका बिराभी बढिरहेका बेला उनीहरुलाई रगतको पनि आवश्यकता पर्न सक्छ ।

प्रकोप बढिरहेका बेला कोसैलेपनि रगत अभावमा आफ्नो ज्यान गुमाउनु नपरोस् भन्ने उदेश्यले आफुहरुले संयुक्त रुपमा रक्तदान अभियान सञ्चालन गरेको हेल्थ एट होमकी एचआर एण्ड अपरेशन म्यानेजर डेजी नापितले बताए ।

हेल्थ एट होमले विभिन्न समयमा रक्तदान शिविर सञ्चालन गर्दै आएको छ । साथै हेल्थ एट होमले अहिले डेङ्गु रोग पीडितलाई निशुल्क स्वास्थ्य परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ । हेल्थ एट होमले बीरामीलाई आवश्यक परामर्श, उनीहरुले स्वस्थ हुन अवलम्बन गर्नुपर्ने कुराहरुका विषयमा निशुल्क परामर्श सेवा दिइरहेको छ ।

साथै यदि विरामी अस्पताल जान नसक्ने अवस्था आएमा र घरमै स्वासथ्य सेवा आवश्यक परेमा समेत स्वास्थ्य उपचारको व्यवस्था मिलाएको छ । कम्पनीले यसअघि काोभिड महामारीको समयमा समेत निशुल्क स्वास्थ्य परामर्शको व्यवस्था मिलाएको थियो भने घरघरमै पुगेर उपचार गर्ने व्यवस्था समेत मिलाएको थियो ।

१४ वर्षअगाडि डा. विशाल ढकालले स्थापना गरेको हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले हालै मात्रै घरमै पुगेर स्वास्थ्य सेवाका अलावा रेडियोलोजी सेवा दिन सुरु गरेको छ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् ।

हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर ३ वटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्