१ जनाको मृत्यु, १५ जना घाइते



काठमाडौं । मनास्लु हिमालमा गएको हिमपहिरोमा परि १ जनाको मृत्यु भएको छ । भने १५ जना घाइते भएका छन् ।

चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा गएको हिमपहिरोमा परि हिमाल आरोहणका लागि बिदेशी पर्यटकसँगै सहयोगीको रुपमा गएका अनुप राईको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सामागाउँबाट कैलाश एयरको हेलिकप्टर बेसक्याम्पका लागि उडेपनि प्रतिकुल मौसमका कारण बेसक्याम्पमा ल्याण्ड गर्न नसक्दा उद्धारमा समस्या भएको बताइएको छ । प्रहरी पनि आधार शिविरमा पुग्न सम्भव नभएकाले घटनाबारे यकिन विवरण पाउन मुश्किल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्