सोलारी रियल मड्रिडका स्थायी प्रशिक्षक, जिदानेको लय समात्ने आशा



एजेन्सी : रियल मड्रिडको प्रमुख प्रशिक्षकमा सान्टियागो सोलारी  निुक्तय भएका छन् । अन्तरिम प्रशिक्षकको जिम्मेवारी सम्मालेका सोलारीलाई मंगलबार रियल मड्रिडले २०२१ सम्मका लागि क्लबको मुख्य प्रशिक्षमा नियुक्त गरेको हो। 

 

दुई सिजन मुख्य प्रशिक्षक रहेका जिनेदिने जिदानले गत मेमा क्लब छाडेपछि  रियल मड्रिडले जुनमा मुख्य प्रशिक्षकको रुपमा जुलेन लोपेटिजीलाई तीन वर्षका लागि भन्दै नियुक्त गरेको थियो । उनको प्रशिक्षणमा टोलीले लगातार खराब नतिजा व्यहोरेपछि  २९ अक्टोबरमा लोपेटिजी बर्खास्तमा परे । उनको ठाउँमा सहायक प्रशिक्षक रहेका सोलारीलाई अन्तरिम समयका लागि प्रशिक्षको जिम्मा दिइएको थियो । 

 

सोलारीको प्रशिक्षणपछि खेलेका चार खेलमा रियल मड्रिडले शत प्रतिशत जित निकाल्न सफल भयो। यसै नतिजाका आधारमा रियल मड्रिडको व्यवस्थापनले सोलारीलाई नै स्थायीरुपमा मुख्य प्रशिक्षकको जिम्मा दिएको बताइएको छ । 

 

क्लबको सफलताका लागि सोलारीले नयाँ जिदाने रुपमा भूमिका निर्वाह गर्ने विश्वास रियल मड्रिड व्यवस्थापनले लिएको छ । 

प्रतिक्रिया दिनुहोस्